क्यान्सर पीडित खापुङलाई सिङगक समाज हङकङको सहयोग « Nagarik Khabar

क्यान्सर पीडित खापुङलाई सिङगक समाज हङकङको सहयोग



काठमाडौं । क्यान्सर पीडित भक्तराज खापुङ लिम्बुलाई सिङगक समाज, हङकङले एक लाख छ हजार २१० रुपैययाँ सहयोग गरेको छ ।

समाजका प्रतिनिधिले तेह्रथुमको म्याङलुङ नगरपालिका–१० तम्फुलाका भक्तराजका आफन्तलाई उक्त रकम बिहीबार ललितपुरमा हस्तान्तरण गरेका हुन् ।

आर्थिक सहयोग गीतकार मीना सिंगकले बिरामीकी बहिनी बिमला खापुङ, किरात याक्थुङ खापुङहाङ सङ्जुम्भोका महासचिव देवेन्द्र खापुङलाई हस्तान्तरण गरेकी हुन् ।

भक्तराजको मिर्गाैला र फोक्सोमा क्यान्सर भएको छ । उनको भारतको राजीब गान्धी अस्पतालमा अप्रेसन भइसकेको छ ।

उनको उपचारमा अहिलेसम्म ३० लाख रुपैयाँ खर्च भएको बिरामीकी बहिनी विमला खापुङ पाख्रिनले जानकारी दिइन् । आर्थिक अवस्था कमजोर भएकाले उक्त रकममध्ये धेरैजसो सहयोगबाट प्राप्त भएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: