सुर्खेतको कट्कुवा जंगलमा २३ गाई मृत फेला « Nagarik Khabar

सुर्खेतको कट्कुवा जंगलमा २३ गाई मृत फेला



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा पर्ने कट्कुवा जंगलमा २३ वटा गाई मृत फेला परेका छन् ।

नजिकै १ सय ५० जिवित गाई पनि भेट्टिएको पत्रकार सूर्यप्रकाश कंडेलले जानकारी दिए ।

गाई कसैले मारेर फालेको हो वा आफै मरेका हुन् भन्ने खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने बाँकेको नेपालगञ्जबाट ट्रकमा राखेर दैलेख लैजादै गरेका गाई मृत फेला परेको जनाएको छ ।

घटनाका विषयमा अनुसन्धान सुरु गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

पत्रकार कंडेलले केही गाई अर्धमृत अवस्थामा फेला परेको बताएका छन् । गाई कुनै फर्ममा फालिएका जस्ता देखिएका छन् । हरेक गाईमा ट्याग लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: