कलुवापुर–बेलौरी सडक कालोपत्र हुने « Nagarik Khabar

कलुवापुर–बेलौरी सडक कालोपत्र हुने



कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक कालोपत्रको कार्य अगाडि बढ्ने बताएका छन् ।

शुक्रबार कलुवापुर–बेलौरी सडक अवलोकनका लागि पुगेका मन्त्री बोहराले सडक निर्माणका लागि आवश्यक कानूनी अड्चन हटाई यथोचितरुपमा बजेटको व्यवस्था गरिने बताए ।

सडक निर्माणको ठेक्का पाएको सन्तोषी थेगिम जेभीका ठेकेदारलाई मन्त्री बोहराले भने, “ठेक्काको म्याद थप्नेदेखि अन्य कानूनी अड्चन हामी फुकाउछौँ । सडक कालोपत्रको कार्य गर्नका लागि बजेट अभाव हुन दिइन्न । तुरुन्त कार्य प्रारम्भ गर्नोस् ।”

ठेकेदार कम्पनीका प्रतिनिधिले रकमकै अभावले सडक निर्माणको कार्य अगाडि बढ्न नसकेको बताए । बजेटको अभाव नहुने भएपछि कार्य दु्रतगतिमा अगाडि बढाइने ठेकेदार प्रतिनिधिले मन्त्री बोहरालाई बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: