अपडेट: २ सय ९१ गाई भीरबाट खसालियो, २३ मृत फेला « Nagarik Khabar

अपडेट: २ सय ९१ गाई भीरबाट खसालियो, २३ मृत फेला



सुर्खेत । नेपालगञ्ज उपमहानगरपालिकाले करिब तीन सय गाई सुर्खेतको कटकुवास्थित जंगलको भीरबाट खसालिदिएको छ ।

नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर ल्याइएका २ सय ९१ गाई गए राति भीरबाट खसालिएको हो ।

भीरबाट खस्दा बाछीसहित २३ गाई मरेका छन् अरू घाइते भएका छन् ।

गाई कसको जिम्मामा दैलेख पठाइएको हो भन्ने खुलेको छैन । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलसमशेर रानाले यसबारे आफूलाई जानकारी शुक्रबारमात्र जानकारी आएको र कसको जिम्मामा पठाइएको हो भन्नेबारे थाहा नभएको बताए।

घटनाका विषयमा अनुसन्धान सुरु गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: