सिमोना हालेप युएस ओपन टेनिसबाट बाहिरिइन् « Nagarik Khabar

सिमोना हालेप युएस ओपन टेनिसबाट बाहिरिइन्



एजेन्सी । रोमानियाकी पूर्व नम्बर एक महिला टेनिस खेलाडी सिमोना हालेप युएस ओपनको दोस्रो चरणबाट बाहिरिएकी छिन् । 

उनी अमेरिकाका टेलर टाउनसेण्डसँग ६–२, ३–६ र ६–७(४)को सेटमा पराजित भएकी हुन् ।

ताजा वरियतामा चौथो स्थानमा रहेकी हालेप अमेरिकाका ११८ औं स्थानमा रहेकी २३ वर्षीय टेलर टाउनसेण्डसँग पराजित भएकी हुन् ।

पहिलो सेटमा उत्कृष्ट पर्दशन गरेका हालेपले ६-२ को अंकमा जित हात पारिन् । दोस्रो सेटमा हालेपलाई दवावमा राख्दै टेलरले ६-३ अंकले आफ्नो पक्षमा पारेकी थिइन् ।

त्यस्तै रोमाञ्चक बनेको अन्तिम सेट ट्राइब्रेकरमा पुगेको थियो जसमा टेलरले ७-४ ले जितिन् ।

हारपछि हालेपले प्रतिक्रिया दिदै भनिन् ‘मैले कहिले यस्तो खेलाडीका साथ खेलेको थिइन जो यति धेरै नेट नजिकमा आएर खेल्छन् । मैले धेरै सटहरु मिस गरिरहे, यो म्याच वास्तवमा अविश्विसनीय थियो ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: