अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय हुने : पूर्व अनेरास्ववियूबाट १८० र क्रान्तिकारीबाट १५५ « Nagarik Khabar

अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय हुने : पूर्व अनेरास्ववियूबाट १८० र क्रान्तिकारीबाट १५५



काठमाडौं । भाद्र मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउने तयारीमा रहेको सत्तारूढ नेकपा निकट अनेरास्ववियूले ३३५ सदस्यीय केन्द्रीय कमिटी वनाउने निर्णय गरेको छ । एकतामा साविक एमाले निकट अनेरास्ववियुवाट १८० जना र साविक माओवादी केन्द्र निकट अनेरास्ववियू(क्रान्तिकारी ) वाट १५५ जना रहनेछन् ।

यसैगरी एकीकृत संगठनको नेपाली नाम अनेरास्ववियू रहने र अंग्रेजी नाम All Nepal National lndependent Students’ Union रहने पनि निर्णय भएको छ । अंग्रेजी नामका विषयमा पछि महाधिवेशनमा पनि छलफल गर्न सकिने जनाइएको छ।

आज विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य , सहइन्चार्ज विनोद ढकाल, संय‍ोजक ऐन महर , सहसंयोजक रञ्जित तामाङ सहितको औपचारिक वैठकले विभिन्न तीन उपसमिति समेत वनाएको छ।

राजनीतिक / सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना निर्माण उपसमिति
संयोजक – ऐन महर
सदस्य – सुरेन्द्र बस्नेत
सदस्य – पञ्चा सिंह

विधान मस्यौदा उपसमिति
संयोजक – रञ्जित तामाङ
सदस्य -सुनिता वराल
सदस्य – समिक वडाल

आर्थिक तथा कार्यालय ब्यवस्थापन उपसमिति
संयोजक – उत्तम अधिकारी
सदस्य -आरसि लामिछाने
सदस्य -झपिन्द्र खत्री
सदस्य – केशव रावल

आजको वैठकले एकताको केन्द्रीय समितिको पहिलो वैठक भाद्र ३१ र १ गते बस्ने निर्णय समेत गरेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जनाए।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: