राष्ट्रपति भण्डारी र जापानी प्रतिनिधि मण्डलबीच भेट « Nagarik Khabar

राष्ट्रपति भण्डारी र जापानी प्रतिनिधि मण्डलबीच भेट



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको जापानको प्रतिनिधिसभा सदस्य इनादा तोमोमी नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

शुक्रबार जापानी प्रतिनिधि मण्डलले राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गरेको हो । त्यसस अवसरमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका साथै दुवै देशमा सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिला सहभागिता अभिवृद्धिलगायत विषयमा विचार विमर्श भएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटका बेला नेपाल र जापान सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: