विश्व विजेता इंल्याण्डले पायो डब्ल्यूडब्ल्यूइ वेल्ट (फोटोसहित) « Nagarik Khabar

विश्व विजेता इंल्याण्डले पायो डब्ल्यूडब्ल्यूइ वेल्ट (फोटोसहित)



एजेन्सी । विश्व विजेता क्रिकेट टिम इंग्ल्याण्डले डब्ल्यूडब्ल्यूइ वेल्ट प्राप्त गरेका छन् ।

डब्ल्यूडब्ल्यूइ सुपरस्टार ट्रिपल एचले इंग्ल्याण्ड टिमलाई विश्वकप जितेपछि उक्त वेल्ट दिने घोषणा गरेका थिए । सोहि अनुरुप उनले डब्ल्यूडब्ल्यूइ वेल्ट इंग्ल्याण्डलाई दिएका हुन् ।

इंग्ल्याण्डले जुलाई १४ मा भएको फाइनल खेलमा न्युजिल्याण्डलाई हराउँदै पहिलो पटका एकदिवसीय विश्वकपको उपाधी चुमेको थियो । विशेषरुपले निर्माण गरिएको उक्त वेल्टमा इंग्ल्याण्ड क्रिकेट वेल्टको लोगो अंकित छ ।

बिहिवार इंग्ल्याण्ड क्रिकेट बोर्डको आधिकारीक ट्वीटर मार्फत सार्वजानिक गरिएको उक्त वेल्टसहित टिमका खेलाडीहरुले फोटो खिचाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: