अछाममा जिप दुर्घटना, दुईको मृत्यु « Nagarik Khabar

अछाममा जिप दुर्घटना, दुईको मृत्यु



अछाम । मेल्लेख गाउँपालिका–७ नन्देगडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

साफेबगरबाट मेल्लेखका लागि छुटेको से १ ज ९८६ नम्बरको जिप शुक्रबार दिउँसो दुर्घटना भएको हो ।मृत्यु हुनेमा मेल्लेख गाउँपालिका–७ नन्देगडा चित्रवडाका कौशी साउद र किथ्थी साउद रहेको वडा नम्बर ७ का वडाध्यक्ष नरबहादुर साउदले जानकारी दिए । घाइते पाँच अवस्था सामान्य छ ।

दुर्घटनामा मृत्यु हुनेको शनाखत भएको छैन । प्रहरी चौकी मेल्लेखबाट प्रहरी सहायक निरीक्षक रमेश बोहराको टोली घटनास्थल गएको प्रहरी जवान सुरेन्द्र सिङ धामीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: