बंगलादेश टेष्ट टोलीको घोषणा « Nagarik Khabar

बंगलादेश टेष्ट टोलीको घोषणा



अफगानिस्तान विरुद्धको एकमात्र टेष्टका लागि बंगलादेशले घरेलु टोलीको घोषणा गरेको छ ।

बंगलादेश क्रिकेट बोर्डले शाकिब अल हशनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । सो टोलीमा टास्किन अह्मेदले करिब दुई वर्षपछि बंगलादेश टेष्ट टिममा पुनरागमन जनाएका छन् । उनले सन् २०१७ मा अन्तिम टेष्ट खेलेका थिए । टास्किनलाई मुस्ताफिजुर रहमानको स्थानमा टिममा समावेस गरिएको हो ।

अफगानिस्तानसँगको टेष्ट आगमी ५ सेप्टेम्बरमा बंगलादेशको जाहुर अह्मेद चौधरी स्टेडियम,चट्टोग्राममा हुँदैछ ।

बंगलादेश टोली
शाकिब अल हसन, सौम्य सरकार,शदमन इस्लाम, मोमिनुह हक, मुस्फिकुर रहिम, लिल्टन दास, महमुदुल्लाह, मोहम्मद मिथुन, मोसाद्देक हुसैन, मेहिदी हसन, ताइजुल इस्लाम, नयीम हसन, अवु जायेद, टास्किन अह्मेद, इवादत हुसैन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: