सुर्खेतमा गाई हत्या प्रकरण : पाँच ट्रक चालक पक्राउ « Nagarik Khabar

सुर्खेतमा गाई हत्या प्रकरण : पाँच ट्रक चालक पक्राउ



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कटकुवामा दर्जनौं गाईको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कटकुवाको जंगलमा गाई बेवारिसे अवस्थामा फालेर नेपालगंजतर्फ जाँदै गरेका पाँच वटा ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

पक्राृ पर्नेमा ना ६ ख ४९४९ ट्रक चालक रौतहट चन्द्रपुर नगरपालिका–२ का ३२ वर्षीय दामोदर केसी, ना ६ ख ९९०५ नम्बरको ट्रक चालक बाँके कोहलपुर नगरपालिका–१४ का ३४ वर्षीय हिमबहादुर जिसी, ना ६ ख ९१७७ नम्बर ट्रकका चालक चितवन राप्ती नगरपालिका–४ का २८ वर्षीय विवेक कुवँर रहेका छन् ।

यस्तै, भे १ ख १०१५ नम्बर ट्रकका चालक चितवनको राप्ती नगरपालिका–५ का चालक २७ वर्षीय सागर विश्वकर्मा र ना ५ ख ६६७४ नम्बर ट्रकका चालक नवलपरासी सरावल गाँउपालकिा–१ का २९ वर्षीय सुकधन चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रवि रावलले जनाकारी दिए ।

उक्त गाई नेपालगंज उपमहानगरपालिकाले पठाइएको खुलेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले नै पत्र काटी नेपालगंज उपमहानगरपालिकाअन्तर्गतको कान्जिहाउसमा रहेका करिब ३७० गाई सुर्खेत हुँदै दैलेखको श्रीस्थानसम्म पुर्याउन अनुमति दिइएको छ ।

यो पनि पढ्नुहोस्

अपडेट: २ सय ९१ गाई भीरबाट खसालियो, २३ मृत फेला

सुर्खेतको कट्कुवा जंगलमा २३ गाई मृत फेला

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: