राज्यले रेशम चौधरीलाई अन्याय गर्‍यो : वैद्य « Nagarik Khabar

राज्यले रेशम चौधरीलाई अन्याय गर्‍यो : वैद्य



बुटवल । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले राष्ट्रिय जनता पार्टीका सांसद रेशम चौधरीमाथि राज्य पक्षबाट अन्याय भएको बताएका छन् ।

बुटवलमा क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले शुक्रबार गरेको पत्रकार सम्मेलनमा महासचिव वैद्यले टीकापुर घटना राजनीतिक भएको र त्यसलाई त्यसको समाधान राजनीतिक रूपमै खोज्नुपर्नेमा जोड दिए । यसरी नै उनले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनु संविधान विपरीतको काम भएको टिप्पणी गरे ।

संसदीय प्रणालीको विरोध गर्दै आएका नेता वैद्यले संसदीय चुनाब ठेकेदारी र पैसाको चलखेलका आधारमा जितहार हुने गरेको र जनमतको कदर नहुने गरेको दाबी गर्दै आफ्नो पार्टीले उपचुनाव बहिस्कार गर्ने निर्णयमा पुगेको खुलाए ।

महासचिव वैद्यले नाममा कम्युनिष्ट भए पनि चरित्रमा सत्तारुढ दल नेकपा कम्युनिष्ट नभएको आरोप लगाए । राष्ट्रियता, जनजिविका र जनतन्त्रको पक्षमा सामान्य सुधारका कार्यक्रम पनि ल्याउन नसकेको बताए । सरकारले लोकतान्त्रिक अभ्यासको नाममा फाँसीवादी अभ्यास गरिरहेको आरोप उनको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: