पोखराको राममन्दिरमा भदौ १६ गते तीज गीत प्रतियोगिता « Nagarik Khabar

पोखराको राममन्दिरमा भदौ १६ गते तीज गीत प्रतियोगिता



पोखरा । कास्कीको पोखरा रामबजारस्थित श्री राम मन्दिर माछापुच्छ«े महिला समुहले भदौ १६ गते खुल्ला तीज गी प्रतियोगिता गर्ने भएको छ । नेपाली महिलाहरुको महानपर्व हरितालिका तिजको उपलक्ष्यमा श्री राममन्दिर प्राङ्गण रामबजारमा गरिने प्रतियोगिताका विजेताले २५ हजार नगद, द्धितियले २० हजार, तृतियले १५ हजार र सान्तवनाले ७ हजार नगदसहित पुरस्कृत हुने भएका छन् ।

यसरी नै प्रतियोगितामा उत्कृष्ट नृत्य २ हजार, उत्कृष्ट भेषभुषालाई २ हजार, उत्कृष्ट नृत्य गर्ने दर्शक मध्ये चार जनालाई जनही एक एक हजारको दरले ४ हजार रुपैयासहित पुरस्कार र प्रत्येक सहभागी टिमलाई जनही एक एकहजार प्रोत्साहन स्वरुप प्रदान गरिने श्री राम मन्दिर माछापुच्छ«े महिला समुहकी अध्यक्ष माया गुरुङ भुजेलले जानकारी दिइन् । प्रतियोगितामा सहभागीताका लागि भाद्र १६ गते बिहान १० बजेसम्म दर्ता गर्न सकिने उनले बताइन् ।

वि.सं.२०६४ सालमा स्थापित भई धर्म, सँस्कृति, परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्दै सामाजिक सेवामा समर्पित महिला समुहले हिम श्री फुड्स प्रालिको मुख्य प्रायोजनमा तीज गीत प्रतियोगिता आयोजना गर्न गइरहेको हो। नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा मौलिक संस्कृति गर्ने उद्धेश्यले हिम श्री फुड्स प्रालिको मुख्य प्रायोजनामा रामबजार परिसरमा रहेका मन्दिरहरुले वर्षेनी पालैपालो आयोजना गर्ने प्रतियोगिता अन्र्तगत यस वर्ष श्री राम मन्दिर माछापुच्छ«े महिला समुहको आयोजना गर्ने भएको हो।

रामबजारको पहिचान नेपाली मौलिक संस्कृतिको संरक्षण, तिजको संरक्षण सम्वद्र्धन, रामबजार परिसरभित्र तीजगीत प्रतियोगिता निरन्तरता दिन, महिला दिदिबहिनीको क्षमता प्रवद्र्धन गर्न, रामबजारका संघसंस्थाहरु विच भातृत्व तथा संस्थागत विकास, समाजिक विकासमा टेवाका साथै आर्थिक कोष बृद्धि लगायतको उद्देश्यले आयोजित हुने प्रतियोगितामा करिब ४ लाख खर्च लाग्ने आयोजकको अनुमान छ।

प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्नका लागि श्री राम मन्दिर माछापुच्छ«े महिला समुहकी अध्यक्ष माया गुरुङ भुजेलको संयोजकत्व, उद्योगपति, समाजसेवी तथा प्रतिनीधिसभाका सदस्य सुर्यबहादुर केसी संरक्षकत्वमा सल्लाहकार समिति र १३ वटा उपसमितिहरु गठन गरी क्रियाशील रहेको प्रचार प्रसार उपसमिति संयोजक बिष्णु गुरुङले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: