भ्रष्टाचार गरेको जानकारी पाए एक घण्टाभित्र कारवाही : मुख्यमन्त्री राई « Nagarik Khabar

भ्रष्टाचार गरेको जानकारी पाए एक घण्टाभित्र कारवाही : मुख्यमन्त्री राई



मोरङ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीतन्त्रमा कसैले भ्रष्टाचार गरेको जानकारी प्राप्त भएमा एक घण्टाभित्र कारवाही गर्ने चेतावनी दिएका छन् ।

सुशासन तथा योजना समितिद्वारा शुक्रबार विराटनगरमा आयोजित अन्तर्क्रियामा उनले प्रदेशका जनताका काममा ढिलासुस्ती र भ्रष्टाचार निर्मूल गर्ने कार्यमा आफूसदैव अगाडि रहने प्रतिवद्धता व्यक्त गरे । मुख्यमन्त्री राईले मुलुकमा सुशासन र समृद्धि कायम गर्न जनअपेक्षाअनुसार काम हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘सोचअनुसार काम हुन नसक्दा जनतामा नैरश्यता छाएको छ ।’

जनप्रतिनिधिप्रति जनताका ठूलो विश्वास र भरोसा रहेको बताउँदै उनले जनतालाई केन्द्रविन्दुमा राखी आफ्ना कार्यशैली र व्यवहारमा परिवर्तन गर्न सुझाव दिए ।

सभामुख प्रदीपकुमार भण्डारीले मुलुकमा सुशासन र समृद्धि कायम गर्न तीन तहको सरकार एकजुट हुनुपर्नेमा जोड दिँदै संविधानले दिएको मौलिक अधिकार पाउनु जनताका नैसर्गिक अधिकार भएको धारणा व्यक्त गरे ।

राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ को विज्ञान संकायमा नेपाल प्रथम भएका ‘अर्किड’ कलेज विराटनगरका निश्चल गुरागागाईँलाई सम्मान गरिएको छ । कलेजले आज यहाँ आयोजित कार्यक्रममा गुरागाईँलाई १ लाख रुपैयाँ सहित ताम्रपत्रले सम्मान गरेको छ । उक्त परीक्षामा गरागाईँले ३.९२ जिपिए ल्याएका भएका थिए ।

प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले गुरागाईलाई सम्मान गर्दै संस्थाग विद्यालय बन्द हुने हल्ला मात्र भएको बताउँदै सरकारी विद्यालयसँग प्रतिस्पर्धा गराउने बताए । उनले संस्थागत र सरकारी विद्यालयबीच रहेको विभेद् अन्त्य गरी सहजीकरण गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: