नेपाली सेनाको सहायक रथी बन्दै पूर्वलडाकु « Nagarik Khabar

नेपाली सेनाको सहायक रथी बन्दै पूर्वलडाकु



काठमाडौं । पूर्वमाओवादी लडाकुबाट सेना समायोजनमा परेका यमबहादुर अधिकारी ‘प्रतीक्षा’ नेपाली सेनाको सहायक रथी (ब्रिगेडियर जनरल) बन्ने निश्चित भएको छ ।

लामो समयदेखि उनले सहायक रथीका लागि राजनीतिक र आन्तरिक पहल गर्दै आएका थिए । उनले आफूलाई सहायक रथी बनाउन रक्षा मन्त्रालय र जंगी अड्डामा निवेदन समेत दिएका थिए ।

लामो राजनीतिक दबाब र सेना भित्रको ‘चेनअफ कमाण्ड’ को रस्साकस्सीपछि बीचको बाटो निकाल्दै उनलाई सहायक रथी बनाउने निधो भएको प्रधानमन्त्री कार्यालय उच्चस्रोतले बतायो ।

उनलाई मानर्थ सहायक रथी दिने गरी सिफारिस भएको छ । चार वर्षसम्म उनी सहायक रथी रहने र त्यसपछि पद स्वत खारेज हुनेगरी सिफरिस भएको स्रोतले बताएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: