सगरमाथा संवादको कार्यसूची तय « Nagarik Khabar

सगरमाथा संवादको कार्यसूची तय



काठमाडौं । नेपालले आगामी अप्रिलमा गर्ने अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवादका लागि कार्यसूची तय गरेको छ ।

संवादका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयोजक रहेको निर्देशक समिति र आयोजक समितिको शुक्रबार बसेको संयुक्त बैठकले कार्यसूची तय गरको हो ।

कार्यसूचीअन्तर्गत बैठकले संवादको पहिलो संस्करणको मिति तय गरेको संवादका लागि गठन भएको सचिवालय संयोजक कुमारराज खरेलले जानकारी दिए ।

जसअनुसार आउँदो अप्रिल ३ र ४ गते अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवाद हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि मार्चको अन्तिम साता संवाद गर्ने भनिएको थियो ।

मन्त्री ज्ञवालीले संवादको नेतृत्व परराष्ट्र मन्त्रालयले गरे पनि यो सबै मन्त्रालयको आफ्नो कार्यक्रम भएकाले सहकार्यका लागि बैठकमार्फत आह्वान गरेका थिए ।

आजको गोरखापत्र दैनिकले समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: