नेकपा एकता : विभाग र जनवर्गीय संगठनले अझै पूर्णता पाएनन् « Nagarik Khabar

नेकपा एकता : विभाग र जनवर्गीय संगठनले अझै पूर्णता पाएनन्



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाग तथा जनवर्गीय संगठन अझैसम्म पनि लथालिङ रहेको छ ।

देशकै सबैभन्दा ठूलो र बलियो पार्टी भए पनि उसका विभाग र जनवर्गीय संगठनले पूर्णता पाउन नसक्दा कमजोर हुन पुगेका छन् ।

पार्टीका गतिविधि प्रभावकारी रूपमा अघि बढ्न सकेका छैनन् भने विभाग तथा जनवर्गीय संगठनको समेत कुनै कार्यक्रम हुन सकेका छैनन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा ३ जेठ २०७५ मा पार्टी एकता भएको थियो । दुई ठूला कम्युनिस्ट पार्टीबीच एकीकरणपश्चात् बनेको नेकपाले अहिले सरकारको नेतृत्वसमेत गरिरहेको छ ।

पार्टी एकता भएको १५ महिना बित्दासमेत एकताका सबै काम पूर्ण रूपमा अझै टुंगो लाग्न सकेको छैन । नेकपा सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले एकताको सबै काम एक साता भित्रैमा टुंगो लाग्ने बताए ।

एकताको सबै काम एक साताभित्रै टुंगो लगाई देशैभरि दुई चरणको अभियान सुरु गर्ने उनले बताए। पहिलो चरणअन्तर्गत पार्टीका सदस्यलाई प्रशिक्षण दिने र दोस्रो चरणमा देशैभरि जागरण अभियान सञ्चालन गर्ने उनले बताए ।

आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: