इनरुवा वितरण केन्द्रमा आठ एमभिए क्षमता वृद्धि « Nagarik Khabar

इनरुवा वितरण केन्द्रमा आठ एमभिए क्षमता वृद्धि



इनरुवा । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा आठ एमभिए क्षमता वृद्धि गरिएको छ । सो क्षमता वृद्धि भएसँगै यस क्षेत्रमा मागभन्दा बढी विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ ।

शुक्रबार इनरुवा वितरण केन्द्रमा नयाँ पावर ट्रान्सफर्मर जडान गरिएको छ ।

इनरुवा नगरपालिका–३ मा रहेको वितरण केन्द्रमा आठ एमभिएको ट्रान्सफर्मर हटाएर १६ एमभिएको नयाँ ट्रान्सफर्मर जडान भएको वितरण केन्द्रका प्रमुख सञ्जीवकुमार साहले बताए ।

ग्राहकको मागअनुसार विद्युत् उपलब्ध गराउन समस्या भइरहेका बेला नयाँ १६ एमभिएको ट्रान्सफर्मर जडान भएपछि अब पर्याप्त मात्रामा विद्युत् आपूर्ति हुने केन्द्रका प्रमुख साहले बताए ।

अहिले केन्द्रमा १६ एमभिए क्षमता थियो । दुइै वटा आठ/आठ एमभिएका गरेर जम्ममा १६ एमभिएका ट्रान्सफर्मर रहेकामा एउटा आठ एमभिएको ट्रान्सफर्मर हटाइएको र त्यो ठाउँमा एउटा १६ एमभिएको ट्रान्सफर्मर जडान गरिएको केन्द्रका प्रमुख साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: