पर्वतमा जिल्लास्तरीय पर्यटन प्रवर्द्धन उपसमिति गठन « Nagarik Khabar

पर्वतमा जिल्लास्तरीय पर्यटन प्रवर्द्धन उपसमिति गठन



पर्वत । गण्डकी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०१९ देखि २०२२ सम्मलाई सफल बनाउन पर्वतमा जिल्लास्तरीय पर्यटन प्रवर्द्धन उपसमिति गठन गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख मनोहरवी पौडेलको अध्यक्षतामा नौ सदस्यीय पर्यटन प्रवर्द्धन उपसमिति गठन गरिएको हो । उपसमितिका सदस्यमा जिल्ला समन्वय समितिका उपप्रमुख यामकुमारी राना, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, जिल्ला समन्वय अधिकारी चिरञ्जीवी सापकोटा, होटल व्यावसायी कृष्णप्रसाद श्रेष्ठ, धार्मिक एवं पर्यटन सङ्घ संस्थाका तर्फबाट पृथ्वीनारायण शर्मा, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष दुर्गाप्रसाद शर्मा र घरबास सञ्चालकका तर्फबाट पञ्चकोशी होमस्टेका सुशीलादेवी गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: