मध्य बानेश्वरमा सडक भासियो (फोटो/भिडियो) « Nagarik Khabar

मध्य बानेश्वरमा सडक भासियो (फोटो/भिडियो)



काठमाडौं । काठमाडौंको मध्य बानेश्वरमा सडक भासिएको छ । शुक्रबार राति परेको वर्षाका कारण सडकको बीच भाग भासिएको हो ।

सडकको बीच भागमा भासिएपछि यातायात आवतजातमा समस्या देखिएको छ । भेनस हस्पिटल र एपेक्स कलेजको बीचभागमा सडक भासिएको हो ।

सडक भासिएको नजिकै ढलको मंगल रहेको छ । भित्र ढलको पाइप फुटेसँगै ठूलै ओडार देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: