तातोपानी गाउँपालिकाको शिक्षण सिकाई कार्यशाला « Nagarik Khabar

तातोपानी गाउँपालिकाको शिक्षण सिकाई कार्यशाला



जुम्ला । शिक्षाको आधारभूत तहलाई विशेष ध्यान दिएर तातोपानी गाउँपालिका जुम्लाले क्रियाकलापमा आधारित शिक्षण सिकाइ कार्यशाला सञ्चालन गरेको छ ।

गाउँपालिकाले हिमशिर मावि तातोपानी जुम्लामा हिजोदेखि पाँच दिने कार्यशाला सञ्चालन गरेको हो । मूलतः यस गाउँपालिकाको शैक्षिक गुणस्तरलाई वृद्धि गर्न र शिक्षकलाई उनीहरुको पेशाप्रति जिम्मेवार बनाउन अभ्यासमा आधारित शिक्षण सिकाइ कार्यशाला सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।

‘पछिल्लो समयमा ग्रामीण भेकका निजी, सामुदायिक तथा सरकारी विद्यालयको शैक्षिकस्तर खस्किँदै जाँदा स्थानीय सरकारले अपेक्षा गरेको प्रतिफल प्राप्त हुन सकेको छैन,’ अध्यक्ष न्यौपानेले भने, ‘त्यसैले गाउँपालिकाले विगत भन्दा वर्तमान सुहाउँदो क्रियाकलापमा आधारित शिक्षण सिकाइमा बढी जोड दिएको हो ।’

यो कार्यशालाले यहाँका २५० शिक्षकलाई शैक्षिक रुपान्तरणका अभियन्ताका लागि उत्प्रेरित गर्ने उनको विश्वास थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: