साफ यु–१५ फाइनमा नेपाल र भारत भिड्दै « Nagarik Khabar

साफ यु–१५ फाइनमा नेपाल र भारत भिड्दै



काठमाडौं । पाँचौं संस्करणको साफ यु–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आयोजक भारतसँग शनिबार प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

नेपाल भारतको कल्याणीमा जारी प्रतियोगितको उद्घाटन खेलमा उपाधिको दावेदार भारसँग ५–० गोल अन्तरले पराजित भएको थियो । पहिलो हारपछि जितलाई निरन्तरता दिएको नेपाले उक्त लयलाई सम्हाल्ने दाउमा रहेको छ । त्यसैले शनिबारको खेलमा लिग चरणमा व्यहोरेको हारको बदला लिँदै नतिजा आफ्नो पक्षमा पार्ने दाउमा नेपाल मैदान उत्रने छ । 

दोस्रो खेलमा श्रीलंकालाई २–० र तेस्रो खेलमा साविकको विजेता बंगलादेशलाई ४–१ तथा गत बिहीबार भएको अन्तिम खेलमा भुटानलाई ६–० गोल अन्तरले लगातार पराजित गर्दै फाइनमा भारतसँग खेल्ने पक्का गरेको थियो ।

यसअघि सन् २०१३ र २०१७ मा फाइनल खेल्दा नेपाल पराजित भएको थियो । दुवै पटक नेपाल भारतसँग नै पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: