पर्यटनमन्त्री भट्टराईले सुनाए प्रमुख प्रतिपक्ष दलका नेतालाई मन्त्रालयको योजना « Nagarik Khabar

पर्यटनमन्त्री भट्टराईले सुनाए प्रमुख प्रतिपक्ष दलका नेतालाई मन्त्रालयको योजना



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेकाका सभापति शेरबहादुर देउवालाई आफूले सम्हालेको मन्त्रालयका काम तथा योजना जानकारी गराएका छन् ।

शनिबार देउवा निवास बुढानीलकण्ठ पुगेर मन्त्री भट्टराईले मन्त्रालयका तर्फबाट भइरहेका काम जानकारी गराएका हुन् ।

‘केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र नेपाल भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको छु,’ उनले भने, ‘ मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव दिनुभएको छ । त्यसका लागि म उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: