गलत सूचनाले भ्रम श्रृजना, संवेदनशील हुन सञ्चारक्षेत्रलाई आग्रह « Nagarik Khabar

गलत सूचनाले भ्रम श्रृजना, संवेदनशील हुन सञ्चारक्षेत्रलाई आग्रह



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नयाँ चुनौति थपिएको बताएका छन् । साथै उनले थप संवेदनशील हुन सञ्चारक्षेत्रलाई आग्रह गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज सेजनको २०औं बार्षिक साधारणसभा एंव अधिवेशनलाई शनिबार सम्बोधन गर्दै गभर्नर नेपालले सामाजिक सञ्जालको व्यापकता र फेसबुकमा आउने गलत सूचनाले भ्रम श्रृजना गराउने काम भईरहेको बताए ।

सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जाँदा सञ्चार क्षेत्रको सही भुमिका नै छाँयामा पर्ने भन्दै उनले त्यसतर्फ सबै सञ्चारकर्मी र सञ्चारगृहले सावधानी अपनाउनुपर्नेमा जोड दिए ।

उनले समाचार लेखेकै आधारमा ज्यान जोखिममा पर्ने गरेको पनि देखिएकाले पत्रकारको जिम्मेवारी र भूमिका आफैमा चुनौतिपूर्ण रहेको उल्लेख गरे ।

उनले नेपाली सञ्चारजगत अझै पनि अत्याधुनिक सूचना प्रविधिसँग प्रतिष्पर्धी बन्न नसकेको टिप्पणी समेत गरे ।

कार्यक्रममा सेजनका पुर्व अध्यक्ष प्रतिक प्रधानले आर्थिक पत्रकारिता बलियो भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यपालिकाले न्यायपालिका र व्यवस्थापिकालाई नियन्त्रणमा लिएको अवस्थामा जनताको हितका लागि लड्ने संस्थाको रुपमा रहेको पत्रकारको भुमिका भने अपेक्षित बलियो हुन नसकेको टिप्पणी गरे ।

अधिवेशनले आगामी २ बर्षका लागि सेजनको नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: