जामुनखाडीमा दुर्घटना, एकको मृत्यु १८ घाइते « Nagarik Khabar

जामुनखाडीमा दुर्घटना, एकको मृत्यु १८ घाइते



भद्रपुर । झापाको कनकाई नगरपालिका – १ जामुनखाडीमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ की सुजन पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको मे ११ प ८९७७ नं को स्कुटरलाई सोही दिशातर्फ गइरहेको को १ ख ७२०४ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक पोखरेल घाइते भएकी थिइन् ।

उनको उपचारकै क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बसमा सवार यात्रु पनि घाइते भएका थिए । उनीहरुको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: