क्रिकेट इतिहासमा सबैभन्दा बढी तौलका खेलाडीको डेव्यू « Nagarik Khabar

क्रिकेट इतिहासमा सबैभन्दा बढी तौलका खेलाडीको डेव्यू



वेष्ट इण्डिजमा जारी भारत र वेष्ट इण्डिजबीचको दोस्रो टेष्टमा सबैभन्दा बढी तौल भएका खेलाडीले डेव्यू गर्दै इतिहार रचेका छन् ।

वेष्ट इण्डिजका २६ वर्षीय क्रिकेटर रहकीम कोर्नवालको तौल १४३ किलोग्राम साथै उनको उचाई ६ फिट ५ इञ्च रहेको छ । रहकीमको जतिको वजन भएको क्रिकेटरले अहिलेसम्म अन्तर्राष्ट्रिय टेष्ट वा क्रिकेट खेलेका थिएनन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि बर्मुडाका ड्वेन लेवेरोकले धेरै वजन भएको खेलाडीको रेकर्ड बनाएका थिए । उनले सन् २००७ मा भएको विश्वकपमा खेलेका थिए । यसैगरी वेष्ट इण्डिजका अन्य खेलाडीहरु पनि एकसय केजी भन्दा बढी वजनका छन् । जसमा कार्लोस ब्रेथवाइट १२० केजी, कप्तान जेसन होल्डर ११० केजी तथा किरोन पोलार्ड १०० केजी रहेका छन् ।

२६ वर्षीय स्पिनर तथा अलराउण्डर रहकिमले ५५ फस्टक्लास क्रिकेट खेलेका छन् । उनले क्रिकेटमा एक शतक १३ अर्धशतकसहित २२२४ रन बनाएका छन् । त्यसैगरी २६० विकेट पनि हात पारेका छन् ।

जारी टेष्टमा डेव्यू गरेको रहकिमले पहिलो विकेटका रुपमा भारतका चेतेश्वर पुजराको विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: