सर्प शत्रु होइन, साथी « Nagarik Khabar

सर्प शत्रु होइन, साथी



  • भैरब आङ्ला

सुनसरी । सर्प भन्ने बित्तिकै जो कोहीलाई डर लाग्छ । त्यसैले घरवरिपरि सर्प देखे मार्नका लागि लौरो लिएर निस्कन्छौं । सकेसम्म मार्छौं । तर, प्रदेश नम्बर १ मा एक जना सर्प संरक्षरणमा लागिपरेका छन् । विभिन्न ठाउँमा पुगेर सर्पको उद्धार गर्दै आएका छन् । उनले अहिलेसम्म चार हजार २७६ वटा विभिन्न विषालु प्रजातिको सर्पको उद्धार गरिसकेका छन् । ‘स्नेकमेन’ उनिामले चिनिने उनै सर्पप्रेमी हुन् प्रेम विष्ट । 

४८ वर्षअघि पूर्वी पहाडी जिल्ला खोटाङको सिमपानीमा जन्मिएका प्रेम विष्टले सुरुवातताका पहाडमा बिषालु मानिने गुर्भे सर्प समाउन सुरु गरेको थिए । त्यतिबेला उनको उमेर नौ वर्षको मात्रै थियो । ‘सर्पबारे केही पनि थाहा थिएन,’ प्रेमले भने, ‘काक्रोको झ्याङमा भेटिएको त्यो गुर्भे सर्पनै मैले पक्रेको पहिलो सर्प थियो ।’ यसपछि सर्पप्रति प्रेम बढ्दै गएको प्रेमको भनाइ छ । उनले आफूले थाहा पाएदेखि एउटा पनि सर्प नमारेका छैनन् ।

विष्ट नेपाल प्रहरीमा जागिरे भए । त्यसपछि उनले विस्तारै सर्पबारे जान्न र बुझ्न थाले । प्रहरी हवल्दारबाट अवकाश पाएका विष्टले पछिल्लो समय प्रदेश १ मा सर्प बचाउ र पर्यवरण जोगाउको अभियाननै सुरु गरेका छन् । अहिले उनी पूर्व–पश्चिम राजमार्गमा रहेको मोरङको मंगलबारेस्थित सब डिभिजन वन कार्यालयमा सशस्त्र वन रक्षककोरुपमा कार्यरत छन् ।

यस क्षेत्रमा कही कसैले सर्प देखे त्यसको उद्धार गर्न प्रेमलाई फोन गरेर बोलाउने गर्दछन् । यो क्रममा उनले प्रदेश नम्बर १ का विभिन्न गाउँसम्म पुगेर सर्पको उद्धार गर्दै आएका छन् । यसरी उद्धार गरेको सर्पलाई सुरक्षित स्थानमा लगेर छाडिदिने गर्दछन् । त्यसैले उनलाई यस क्षेत्रमा ‘स्नेकमेन’ भन्दछन् ।

बोलाएको ठाउँमा आफ्नै खर्चमा पुग्छन् । उनले पूर्वी तराईको चारकोशे जंगलमा पाइने धेरैवटा अजिंगरको पनि सफल उद्धार गरिसकेका छन् । सर्प समाउन स्टिक, ग्लोब्स र बुट आवश्यक भए पनि उनी खाली हातले नै सर्प समाउँछन् ।

गर्मीको याममा तराई क्षेत्रमा सर्पको बिगबिगी हुन्छ । यही याममा धेरैलाई सर्पले धेरै डस्ने गर्दछ । त्यसैले सर्पको डसाइबाट जोगिन हामी सर्प देख्ने बित्तिकै मार्न तम्सिन्छौं । मानिसमा सर्पप्रति भएको यही नकारात्मक सोंचलाई बदल्दै संरक्षण गर्नु पर्दछ भन्ने भावना जनाउने अभियन्ता विष्टको घर मोरङको विराटनगर हो ।

विष्ट आफूले भ्याएसम्म र आफ्नो पहुँच पुगेको ठाउँसम्म पुगेर सर्पको उद्धार गर्दछन् । उद्धार गरिसकेपछि त्यहाँ भेला भएका सर्वसाधरणहरलाई सर्पबारे जानकारी दिन्छन् । विष्टका अनुसार नेपालमा ८० प्रजातिका सर्प पाइन्छ । तीमध्ये १८ प्रजातिका विषालु र बाँकी विषरहित हुन्छन् । त्यसैले सर्प भन्नेबित्तिकै मार्न नुहने उनका भनाइ छ । हाम्रो छेउछाउमा भेटिने सर्प मारे भोलि हामीलाई ठूलो आपत्ति आइपर्ने विष्ट बताउँछन् । पर्यवरणमा ठूलो क्षति पुग्दछन् ।

विषालु सर्पको डसेको मानिसको उपचार गर्न विषालु सर्प नै आवश्यक पर्ने विष्ट बताउँछन् । विषालु सर्पले डसेको बिरामीको उपचारमा आवश्यक ‘एन्टी स्नेक भेनम्’ विषालु सर्पको विषबाट बनाइन्छ । त्यसैले विषालु सर्पको संरक्षण हुन आवश्यक रहेको उनको भनाइ छ । एउटा सर्प बचाउनु भनेको हजारौं मानिसको ज्यान बचाउनु भएको विष्ट बताउँछन् ।

सर्प बचाउ अभियानकर्मी प्रेमले अहिलेसम्म नाजा नाजा कल्चुवा, नाजा नाजा र राजगोमन (किङकोब्रा) गरी तीन प्रजातिको कोब्रा, करेतलगायतका चार हजार २७६ वटा विषालु सर्पको उद्धार गरिसकेका छन् ।

विष्ट फुर्सदको समयमा विभिन्न विद्यालयहरुसम्म पुगेर सर्पले डसेको खण्डमा कसरी बिरामीलाई उपचार गराउन अस्पताल लाने ? हाम्रो वरिपरि भएका कति प्रजातिका सर्प विषालु हुन् र कति विषरहित हो भन्ने जानकारी समेत दिन्छन् ।

‘सर्पले हत्तपत्त डस्दैन । उसलाई टेक्यौं र जिस्कायौं भने मात्रै डस्छ,’ उनी भन्छन्, ‘हिउँदको तुलनामा बर्खामा सर्प बढी सक्रिय हुन्छ । त्यसैले हाम्रो घरवरिपरि सफा राखौं । प्वालहरु टालौं र सर्पबाट टाढै बसौं ।’

एक पटक सिन्धुली पुगेर सर्पको उद्धार गरी फर्कने क्रममा बाटोमा मोटरसाइकल चिप्लिएर लडे । यसरी लड्दा उद्धार गरेको गोमन सर्पले झोलाभित्रबाट हातमा डस्यो । उक्त समयमा ९८ प्रतिशत आफु मरेर उनले सुनाए ।

विषालु सर्पको टोकाइको मृत्युको मुखमा पुगेर फर्किपनि पनि विष्ट दत्तचित्त भएर सर्प बचाउ अभियानमा लागिपरेका छन् । उनको अभियानमा सर्पसम्बन्धी अध्ययन अनुसन्धान गरिरहेका विज्ञ र केही साथी भाइहरुले साथ सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: