गौहत्या गर्नेलाई कारवाही गर्न विश्व हिन्दू महासंघको माग « Nagarik Khabar

गौहत्या गर्नेलाई कारवाही गर्न विश्व हिन्दू महासंघको माग



काठमाडौं । विश्व हिन्दू महासंघले सुर्खेतको कटकुवा जंगलमा भएको सामुहिक गौ हत्याको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले गाई हत्यामा संलग्नलाई कडा कारवही गर्नुपर्ने माग गरेको छ ।

गाई राष्ट्रिय जनावर मात्र नभई पूर्वीय दर्शन र हिन्दू धर्म संस्कृतिमा आमा सरह मान्ने र पूजा गर्ने परम्परा रहिआएकाले गौहत्या गर्नु महाअपराध हो भएको महासंघले बताएको छ । महासंघले गौहत्यामा संलग्नको पहिचान गरी कानुनबमोजिम दण्डित गर्न सरकारसँग माग गरेको छ ।

महासंघका महासचिव अस्मिता भण्डारीले विज्ञप्ति जारी गर्दै देशका विभिन्न ठाउँमा पर्याप्त गौशालाहरु नहुनु, छाडा छोडिएका चौपायाहरुको उचित व्यवस्थापनका निम्ति राज्यले उदासीनता देखाउनुले पनि गौहत्याले अझै प्रश्रय पाएको दाबी गरिएको छ ।

गाई राष्ट्रिय जनावर भएकाले पनि गाईको संरक्षण गर्नु राज्यको प्रमुख दायित्व भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: