‘नगरपालिकालाई आर्थिक रुपमा समृद्ध बनाउँछु’ « Nagarik Khabar

‘नगरपालिकालाई आर्थिक रुपमा समृद्ध बनाउँछु’



काठमाडौं । संघीय सरकारको राजधानीबाट नजिकै रहेको जिल्ला सिन्धुपाल्चोकको नगरपालिका हो– चौतारा साँगाचोक गढी नगरपालिका । यस नगरपालिकाले चालु आर्थिक वर्षका लागि एक अर्ब २३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले यस वर्ष पूर्वाधार विकास, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको छ । यस्तै, यातायात, कृषि र पर्यटन पनि बजेटको केन्द्रमा छन् । यस पटकको गाउँका सि‌ंहदरबार स्भम्भमा यही नगरपालिकाका प्रमुख अमानसिं तामाङसँग नगरपालिकाको योजनाबारे गरिएको कुराकानी प्रस्तुत छः

पुनर्निर्माणलाई प्राथमिकता

भूकम्पपछि सरकारी कार्यालय पुनः निर्माण गर्नु पर्ने थियो । यद्यपि‚ स्थानीयको घर निर्माण पहिलो शर्त जतिकै थियो । त्यसैले नागरिकका घर पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छौं । अहिले मरो नगरपालिकाभित्रको १४ वटा वडामा ९१ प्रतिशत पुनर्निर्माणको काम सम्पन भइसकेको छ । बाँकी काम प्राथमिकताका साथ गरिरहेका छौं ।

स्वास्थ्य योजना

स्वास्थ्य जनतासँग प्रत्यक्ष जोडिएको पहिलो विषय हो । यसका लागि नगरपालिकाले विशेष योजना अघि सारेको छ । स्वयंसेविकादेखि स्वास्थ्यकेन्द्र हँदै प्रसूतिसेवामा समेत विशेष अवसर र आर्थिक व्यवस्थापन गर्दै आएका छौं । उपचारका लागि काठमाडौं पुर्‍याइएका बिरामीलाई आवश्यक आर्थिक व्यवस्थापनदेखि रगतको व्यवस्था समेत गरेका छौं ।

विद्यार्थीहरुका आँखा परीक्षण गरी आवश्यक भए चस्माको व्यवस्था गरेका छौं । यस्तै एक घर, एक प्राविधिक उत्पादन गर्ने योजनाअनुसार नगरपालिकाले काम गरिरहेको छ । छात्रवृतिको समेत व्यवस्थापन गरेका छौं ।

नगरका योजना

नगरपालिकामा मात्रै नभएर सिन्धुपाल्चोक जिल्लामा नै खानेपानीको समस्या छ । हाम्रो नगरपालिका सुख्खा क्षेत्र हो ।

नगपालिकाम ५१ हजार जनसंख्या छ । तीमध्ये ९० प्रतिशतले पाइपलाइनको पानी खाइरहेका छन् । पानीको मुहान छैन । सम्भावित क्षेत्रमा अध्ययनसहित तीन वर्षभित्र घरघरमा धारामा पानी आउँने व्यवस्था गर्नेछौं ।

यस्तै‚नगदे बालीलाई प्राथमिकतामा राखिएको छ । तरकारी उत्पादन क्षेत्र र संकलन केन्द्रको योजना अघि सारेका छौं । विभिन्न पशुपालन तथा अनुदानको व्यवस्था नगरपालिकाले गरेको छ ।

चौताराभित्र धेरै पर्यटकीय गन्तव्य छन् । सुकुेटबीचमा र्‍याफ्टिङ सञ्चालनमा छ । बलेफिदेखि दोलघाटसम्म मात्रै र्‍याफ्टिङ सञ्चालन भइरहेको छ । नगरपालिकाभित्रका सबै नदीमा यसलाई बिस्तार गर्ने योजना छ । योजनाअनुसार काम भइरहेको छ ।

यसरी नै प्याराग्लाडिङको पनि योजना छ । टावर समेत बन्दै छ । भूकम्पपार्कको डिपिआर तय भइसकेको छ । यो पर्यटकीय हिसाबले आकर्षक क्षेत्र हो । स्वयम्भूको शैलीमा सिढट्ठ बनाएर बुद्धको मूर्ति निर्माण गर्दैछौं । हार्लाङ बर्लाङ समेत पर्यटकीय गन्तव्य हो । यहाँ चिया बगान मात्रै नभएर भूत छाँगा समेत हेर्न सकिन्छ ।

पर्यटकलाई आकर्षण गर्न सुकुटे महोत्सव गर्दैछौं । जसले हाम्रो नगरपालिकाभित्रको पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुन्छ । 

नगरको आम्दानी

इन्द्रावतीमा बालुवा २२ करोड रुपैयाँमा ‍टेन्डर लागेको छ । यस्तै, सुनकोरीमा ६ करोडको टेन्डर छ । करिब २८ करोड रुपैयाँको टेन्डर भइसकेको छ । 

यस्तै‚ हामीले विभिन्न करहरु समेत उठाइरहेका छौं । उदाहरणका लागि तीन करोड सम्पत्ति हुनेले ८ हजार कर तिर्नै पर्छ । यो उनीहरुको दायित्व हो । कर राज्यलाई दिने हो र सेवा सुविधा लिने हो । नगरपालिकालाई आर्थिक रुपमा समृद्ध बनाउँछु ।

दुई वर्षको अनुभव र सम्बोधन

निर्वाचनमा प्रतिवद्धता गरेका काममा केन्द्रित छु । जनतालाई सहज ?पमा सुविधा दिनका लागि सदैव तत्पर छु । छिटो विकास र आर्थिक समृद्धि होस् भन्ने जनताको चाहना छ । त्यसैलाई मध्यनजर गरी अघि बढाइएको विभिन्न योजना र परियोजना सञ्चालनमा छन् । अहिलेसम्म काम गर्न कुनै बाधा अवरोध छैन । 

दुई वर्षको अवधिमा अहिलेसम्म काम गर्न असजह छैन । सबै राजनीतिक दलसँग मिलेर काम गरिरहेको छु । मलाई कुनै बाधा छैन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: