नेपाल प्रहरीका ३५ एसएसपीको सरुवा « Nagarik Khabar

नेपाल प्रहरीका ३५ एसएसपीको सरुवा



काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका ३५ प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । शनिबार सार्वजनिक भएको मन्त्रीस्तरीय निर्णयअनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखामा एसएसपी भीमप्रसाद ढकालको सरुवा भएको छ ।

यस्तै ललितपुर प्रहरी प्रमुखमा एसएसपी टेकप्रसाद राईको सरुवा भएको छ। अहिलेका ललितपुर प्रहरी प्रमुख एसएसपी रबिन्द्रसिंह धानुकको प्रहरी मुख्यालयको कार्य बिभागमा सरुवा गरिएको छ ।

त्यसैगरी, तालिम केन्द्रअन्तर्गत बुटवल तालीम केन्द्रको समादेशकमा डा. गणेश रेग्मी, पोखरामा दिवेश लोहनी, दुधौलीमा सन्दीप भण्डारी, नेपालगन्जमा मसाउद आलम खाँ, दिपायलमा प्रदीपकुमार श्रेष्ठ र जनकपुर तालिम केन्द्रमा हरीराज वाग्लेको सरुवा भएको छ।

त्यसैगरी प्रहरी युक्ति तालिम महाबिद्यालय जर्गाहा नवलपरासीको प्रमुखमा एसएसपी वसन्त कुवँरको सरुवा भएको छ । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: