सामुहिक गौहत्या छानबिन गर्न गृहमन्त्रालयद्वारा समिति गठन « Nagarik Khabar

सामुहिक गौहत्या छानबिन गर्न गृहमन्त्रालयद्वारा समिति गठन



काठमाडौं । गृहमन्त्रालयले सुर्खेतको कटकुवा जंगलमा भएको सामुहिक गौहत्याको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गृहमन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिलाई १५ दिको समयावधि दिईको शनिबार मन्त्रालय प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

छानबिन समितिमा सुरक्षाकर्मीका प्रतिनिधि पनि रहने जनाइएको छ । समितिले १५ दिनभित्रमा गाईगोरुको ‌ओसारपसार, अस्वाभाविक मृत्यु तथा घाइते भएको सम्बन्धमा सत्यतथ्य बुझ घटनामा कुन व्यक्ति, पदाधिकारी एवं निकायको के कस्तो संलग्नता रहेको भन्ने विषयमा छानबिन गरेर प्रतिवेदन पेस गर्ने छ ।

त्यस्तै, गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम हदैसम्मको कारवाही गरिने पनि जनाइएको छ। उक्त घटनाका दोषीलाई कुनै किसिमको उन्मुक्ति नदिइने विषयमा मन्त्रालयले प्रतिवद्धता जनाएको छ ।

शुक्रबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ कुटकुवास्थित दैलेख सुर्खेत सडकखण्डको जंगलमा दुई दर्जनबढी गाईगोरु मरेको भेटिएका थिए भने अन्य केही गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: