कस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य ? « Nagarik Khabar

कस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य ?



काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

शनिबार सिंगापुर पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका पुनले प्रधानमन्त्री ओली सोमबार र बुधवारको जाँचपछि नेपाल फर्कने जानकारी दिए ।

‘आज सि‌गापुरमा प्रधानमन्त्रीज्यूको स्वास्थ्य उपचारको जानकारी लिने मौका मिल्यो,’ मन्त्री पुनले भने, ‘सामान्य स्वास्थ्य अवस्था तथा सोमबार र बुधवारको जाँच पश्चात नेपाल फर्कने खबरले असाध्य खुशी लाग्यो । थप स्वास्थ्य लाभको कामना ।’

प्रधानमन्त्री ओली भदौ ५ गते थप उपचारका लागि सिंगापुर गएका हुन् । उनको त्यहाँस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: