मेनपावर व्यवसायीको गुनासो : लुटेको मात्र देख्ने ? सरकारले भुटेको नदेख्ने ? (भिडियो) « Nagarik Khabar

मेनपावर व्यवसायीको गुनासो : लुटेको मात्र देख्ने ? सरकारले भुटेको नदेख्ने ? (भिडियो)



काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरुमाथि जहिले पनि मानव तस्करीको आरोप लाग्ने गरेको छ । सरकारलाई बकाइदा कर तिरेर व्यवसाय सञ्चालन गर्दा पनि तस्करीको पगरी गुथ्नुपर्ने बाध्यताका बीचमा व्यवसाय सञ्चालन गरिरहेका छन् ।

पछिल्लो समय वैदेशिक रोजगारी दिनदिनै पेचिलो समेत बन्दै आएको छ । सरकारले कडाई गर्दै पछि नहटेपछि कतिपय व्यवसायी पलायन समेत हुन पुगेको छ । व्यवसायलाई थप मर्यादित, व्यावसायिक र भरपर्दो बनाउनका लागि व्यवसायीहरुबीचको एकता नहुनुले समस्या सिर्जना भएको निकर्षसमेत कतिपयले निकालेका छन् ।

अहिले मेनपावर व्यवसायीहरु आफ्नो व्यवसायलाई स्थायी राख्न मर्जरमा समेत गएका छन् । सरकारले धरौटी बढाउनुपर्ने नियम बनाएपछि व्यवसायीहरु मर्जरमा गएका हुन् । सरकारको नियम खुरुखुरु मानिरहेका छन् । सरकारका सबै नियम मान्दै गएपनि व्यवसायीका गुनासा भने सरकारले नसुनेको व्यवसायीहरु बताउँछन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सदस्य तथा आकृति रिक्रुटमेन्ट प्रालिका प्रवन्ध निर्देशक कुन्छा दोर्जे डिम्दोङ व्यवसायीहरुलाई सरकारले एकोहोरो पेल्ने काम गरेको आरोप लगाउँछन् ।

व्यवसायीहरुबीचमा एकता नभएकाले सरकारले पेलेको त होइन ? भन्ने प्रश्नमा उनले भने, हामी व्यवसायीहरु त एक छौं, एकादुई व्यवसायीहरुबीचको मनमुटावले जसले पनि पेल्ने मौका पाइरहेको छ । अब व्यवसायीहरु मिलेर एकताको सन्देश दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: