रिस र तनाब हटाएर यसरी जीवनभर सफल र सुखी हुनुहोस् « Nagarik Khabar

रिस र तनाब हटाएर यसरी जीवनभर सफल र सुखी हुनुहोस्



काठमाडौं । समाजमा हरेक मानिसको आ आफ्नै स्वभाग हुन्छ । कोही बढी रिसाउने, अरुको इष्र्या गर्ने, आफ्नो दुर्गतिमा भन्दा अरुको प्रगतिमा दुःखी हुने, सानो कुरामा पनि बढी तनाव लिनेलगायत अनेक स्वभाव मानिसमा हुन्छ ।

अर्काको प्रगति देख्न नसक्ने अरुको रिस र डाहा गर्ने मानिस जीवनभर खुशी हुन सक्दैन । मानिसका विभिन्न स्वभावका कारण समाजमा नकारात्मक घटनाहरु पनि हुने गरेका छन् ।

व्यक्तिको चाहना भने आफ्नो काममा आफू कसरी सफल बन्ने भन्ने हुन्छ । तर हरेक व्यक्ति आफ्नो काममा सफल हुन सक्दैनन् । र कोही व्यक्ति भने निकै सफल हुन्छन् ।

आफूभित्र रहेको स्वभावलाई कसरी नियन्त्रण गर्ने ? तनावबाट कसरी छुटकारा मिल्छ ? र मानिस सफल र शुखी कसरी हुने ? भन्ने विषयमा हामीले कन्सेसनेस कोच इन्द्र गुरुङसँग कुराकानी गरेका छौं ।

मानिसका स्वभावहरु

हरेक मानिसको विभिन्न खालका विचार, स्वभाव हुन्छ । बढी रिसाउने, डाहा गर्ने, नराम्रो सोच्ने लगायतका नकारत्मक स्वभावलाई कसरी हटाउन सकिन्छ ?

हो, हामीभित्र डाहा गर्ने, रिस उठ्ने लगायतको स्वभाव हुन्छ, अन्य स्वभाव पनि हुन्छन् । र यस्ता स्वभावहरु तपाईँ डिक्स्नेरी पल्टाएर हेर्नुभयो भने, यसको सिनोनेम्स भन्ने हुन्छ, एन्टोनेम्स हुन्छ, यसको मिल्दो शब्द पनि हुन्छ, उल्टो अर्थ दिने शब्द पनि हुन्छ । मैले ठ्याक्कै उल्टो हेरेँ भने रिसको उल्टो शान्त हुन्छ नि , हामीले यस विषयमा किन कोट्याएनौं त, हामीले किन त्यसलाई ध्यान दिएनौं त ? रिसलाई हामी जति शक्ति दिन्छौं फोकश दिन्छौं त्यो त्यति बढ्दै जान्छ ।

रिस कसरी घटाउने ?

रिसको अपोजिटमा पे्रम छ माया छ, त्यसलाई एक पटक हेरौं न । त्यसलाई पनि हामी ध्यान दिउँ न । प्रेमलाई बढाउँ । प्रेमलाई बढायौं भने प्रेमको आकार बढ्छ र तपाइँभित्र जुन रिस छ त्यसको आकार सानो हुन्छ । मानिस कन्सेस (सचेत) हुनेवित्तिकै उसले आफूभित्र माया पनि छ शान्ति पनि छ भन्ने कुराको अनुभुति गर्न थाल्छ ।

रिस कसरी हटाउने ?

धेरै मानिस रिसाउने, डाहा गर्ने स्वभावका हुन्छन् । अब यो डाहा गर्ने रिसाउने यो स्वभाव त अहिलेको अहिल्यै यसै आएको होइन । यो पनि जन्मेर अनि हुर्किदै आइरहेको हो । मानिसको उमेर बढ्दै जाने क्रमसँगै यस्तो स्वभाव पनि बढ्दै आउने हो । यसकारण हामी एकपटक पछाडि फर्केर हेर्नुपर्ने हुन्छ । कहिलेदेखि मैले डाहा गर्न सुरु गरेँ ? कहिलेदेखि म रिसाउन सरु गरेँ ? र मैले (साइक्लोजीमा) बुझेसम्म यो स्वभावलाई जन्मजात भन्न अलि मिल्दैन । जन्मजात कोही पनि रिसाउँदैन । पछि गएर हाम्रो दिमागमा अर्धचेतन मष्तिष्क हुन्छ त्यस समयमा मानिसमा विभिन्न स्वभाव आउने गर्छ । यसलाई कसैले राखिदिएको हुनसक्छ । कि त हामी आफैंले टिपेको हुनसक्छौं ।

हामीलाई सपोर्ट (सहयोग) नगर्ने जति पनि इमोशनहरु छ यीनीहरु जन्मजात भन्दा पनि हाम्रो दिमागमा प्रोग्राम गरिएको हो । र यो हाम्रो उमेर बराबर वा उमेरभन्दा ठूलो पनि हुनसक्छ । तपाइँले यसलाई कति पोषण दिनुभएको छ । त्यही पोषण अनुसार तपाइँको रिस तपाइँको डाहा गर्ने स्वभाव, नकारात्मक सोचाइ सबै कुरा बढिरहेको हुन्छ । यसलाई घटाउनु छ भने, विस्तारै हटाउन सकिन्छ, एकैपटक फुत्तै हटाउन भने सकिँदैन । प्याजको बाहिरको कभरजस्तै एउटा एउटा पत्र झिकेजस्तै सिरलाई घटाउन सकिन्छ । रिस लगायत अन्य स्वभावबाट छुटकारा पाउन सक्छौं ।

तपाइँ चेतनशील हुनेबित्तिकै कति कुरा त हटेर जान्छ जस्तो तपाइँले आज थाहा पाउनुभयो कि म रिसाउने रहेछु यो थाहा पाउनु नै तपाइँको सुरुवात हो । तपाइँलाई कोहीसँग कुरा गर्दा आफूलाई केही कुरा नजानेर नराम्रो महसुस भयो, यो कुरा मलाई अलि आउँदैन रहेछ भन्ने महसुस भयो भने तपाइँ भोलिबाट सिक्न सुरु गर्नुहुन्छ नि, तर तपाइँ यो मलाई थाहा छ अर्थात म ठिक छु भन्ने जस्तो भ्रममा बस्नु भयो भने तपाइँ कहिले पनि सिक्नुहुन्न, अगाडि बढ्न सक्नुहुन्न । मैले आज कसैलाई नराम्रो नियातले हेरेँ भन्ने सोचाई (चेतना) तपाइँलाई राति सुत्ने बेलामा मात्रै आयो भने तपाइँको त्यो बानी भोलि नै नहट्ला तर कम भने गर्नुहुन्छ । त्यो नै तपाइँभित्र चेतना जाग्नु हो । चेतनालाई जागृत गर्नु हो । तपाइँ चेतनामा आउनु हो ।

सफल बन्न के गर्ने ?

मानिसको व्यवहारले धेरै हदसम्म सफल र असफल बनाउन सहयोग पुर्याइरहेको हुन्छ । तपाइँले जे गर्नुहुन्छ त्यसले मात्र सफल बनाउँदैन । जे गर्नुहुँदैन त्यसमा तपाइँको सफलता लुकेको हुनसक्छ । यसको मतलव तपाइले के के गर्नुभएको छैन अहिलेसम्म ? यदि तपाइँले गरेको काम सफल हुन्थ्यो भने त्यो पाइसक्नुहुन्थ्यो । तपाइँले नगरेको थुप्रै कुरा(काम) हरु छन्, जसमा तपाईले अब ध्यान दिनुछ । अर्थात तपाइँको चेतना त्यततिर लिएर जानुपर्यो । मैले के के गरेको छैन त अहिलेसम्म ? असफलतामा पनि त्यही हो । तपाइँले गरेका कुराले मात्रै तपाइँलाई असफल बनाएको होइन । गर्न बिर्सेका, गर्न नचाहेको, गर्न नसकेका कुराहरुले पनि तपाइँलाई असफलतातिर धकेलेको हुनसक्छ । त्यसकारण हामी के कुरामा सचेत हुनुपर्छ भने, मैले के गरेको छु, के गर्दैछु र के गर्न अझै बाँकी छ । सायद यो निर्णय अलि चाँडै भयो कि, म असफल भैसकेँ भन्ने निर्णय गर्नु अलि चाडै भयो कि ? भन्ने कुरामा सचेत हुन आवश्यक छ ।

नेभर गिभ अप

अंग्रेजीमा भनिन्छ नि नेभर गिभ अप भनेर । अरु (अझै) केही त गर्न बाँकी छ नि भन्ने सोचाइ ल्याउनुहोस् । हामी अलिकति चाँडै हतासिन्छौं, हतार गर्छौं । सफलताको परिभाषा आफ्नो आफ्नो हुनुपर्छ र हुन्छ । अरुको सफलता देखेर म उ जत्तिको भइन भन्नु नै हाम्रो चेतनाको मात्रा तल छ भनेर बुझिन्छ । तपाइँको मेरो वा अरु कसैको सफलता फरक फरक हुनसक्छ हामीले कसरी परिभाषित गर्छौं । पहिले परिभाषा स्पष्ट बनाउनु पर्यो, मेरो लागि सफलता भनेको यत्ति वा यस्तो हो भन्ने कुरा प्रत्येक व्यक्तिले डिफाइन गर्न सक्यो भने हामी धेरै खुशी र सफल हुन सक्छौं ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: