सेजनको अध्यक्षमा भीम गौतम निर्वाचित « Nagarik Khabar

सेजनको अध्यक्षमा भीम गौतम निर्वाचित



काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा भीम गौतम निर्वाचित भएका छन् । दुई बर्षे कार्यकालको लागि शनिबार भएको निर्वाचनमा कारोबार दैनिकका गौतमले प्रतिस्पर्धी मोदनाथ ढकाललाई १० मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । गौतमले १२० मत ल्याएर विजयी हुँदा ढकालले ११० मत ल्याएका थिए ।

त्यस्तै उपाध्यक्षमा कारोबार दैनिककी सरस्वती ढकाल र विष्णु वेल्वासेले समान ८३/८३ मत ल्याएपछि गरिएको गोलाप्रथाबाट ढकाल चयन भएकी छन् ।

त्यस्तै महासचिवमा क्यापिटल नेपालका सुजन ओली, सचिवमा नयाँ पत्रिकाका कृष्ण रिजाल निर्वाचित हुँदा इमेज च्यानलका हिमाल पौडेल कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा भने अन्नपूर्ण पोष्ट दैनिकका विजय वञ्जाडे, नयाँ पत्रिका दैनिककी मुना कुँवर, आर्थिक अभियान दैनिककी हिमा विक, क्यापिटल नेपालकी कमला अर्याल र दि हिमालय टाइम्सका सुजन ढुंगाना निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: