प्रदेश ३ का १३ जिल्लामा १०१ जना नर्सको माग (विज्ञापनसहित) « Nagarik Khabar

प्रदेश ३ का १३ जिल्लामा १०१ जना नर्सको माग (विज्ञापनसहित)



काठमाडौं । प्रदेश ३ सरकारले १ सय १ जना नर्सको विज्ञापन गरेको छ । ‘एक विद्यालय एक नर्स कार्यक्रम’लाई प्रदेश सरकारले विस्तार गरेको छ ।

प्रदेशभित्रका १३ जिल्लाका एक सय १ स्थानीय तहमार्फत सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ले जानकारी दिए।

एक नर्स एक विद्यालय कार्याक्रम प्रभावकारी बन्दै गएपछि सिन्धुलीमा आठ, रामेछाप सात, दोलखा आठ, सिन्धुपाल्चोक १०, काभ्रे १२, ललितपुर पाँच र भक्तपुर तीन जना नर्सको विज्ञापन गरिएको छ ।

त्यस्तै काठमाडौ ९, नुवाकोट १०, रसुवा चार, धादिङ्ग ११, मकवानपुर ८ र चितवन ६ स्थानीय तहका एक विद्यालयमा नर्सको व्यवस्था गरिने भएको मन्त्री दुलालले जानकारी दिए ।

प्रदेश तीनको सामाजिक विकास मन्त्रालयले १०१ जना नर्सका लागि दरखास्त आव्हान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: