प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर प्रस्थान (भिडियोसहित) « Nagarik Khabar

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर प्रस्थान (भिडियोसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुरबाट उपचार गरी फर्किएको १० दिनमै फेरि त्यस तर्फ लागेका छन् ।

थाइएयरको नियमित उडानबाट उनी सिंगापुर प्रस्थान गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

निजी तथा क्याबिनेट चिकित्सक मृर्गौला रोग विशेषज्ञ प्रा.डा.दिव्यासिंह शाहले एक विज्ञप्ति निकालेर प्रधानमन्त्रीको मिर्गौलाले एन्टीबडी निष्कासन गरेकाले तत्काल सिंगापुर जान परेको जनाएकी छन् ।

१२ वर्षअघि मृर्गौलामा समस्या देखिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही महिनादेखि लगातार समस्या देखिइरहेको छ। पछिल्लो समय स्वास्थ्य समस्या झेलिरहेका प्रधानमन्त्रीको रगतमा क्रेटिनाइन र प्रोटिन बढिरहेको छ ।

यसअघि, प्रधानमन्त्री ओली गत साउन १८ गते स्वास्थ्य परिक्षणका लागि सिंगापुर गएका थिए। उनी साउन २७ गते काठमाडौं फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: