राजनीतिको चरम चपेटामा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान « Nagarik Khabar

राजनीतिको चरम चपेटामा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान



काठमाडौं । दैनिक ४ सय ५० जनासम्म बिरामी आउने गरेको दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनीतिले थला परेको छ ।

जसको प्रत्यक्ष असर बिरामीमा परेको छ । २०७४ असोजमा स्थापित प्रतिष्ठानलाई प्रदेश ५ को स्वास्थ्य क्षेत्रको सुधारको अगुवाइ गर्नुपर्ने जिम्मेवारी छ ।

तर, यसले जिम्मेवारी वहन गर्न नसक्दा जटिल प्रकृतिका बिरामीलाई नेपालगन्ज, बुटवल, काठमाडौंसम्म रेफर गर्नुपर्ने बाध्यता छ ।

प्रतिष्ठानमा २२ जना चिकित्सक छन् । प्रतिष्ठानको कुल बजेट १४ करोड बढी छ ।

प्रतिष्ठानले दु्रत गति लिन नसक्दा गम्भीर प्रकृतिका बिरामी अन्य जिल्लाका अस्पतालमा रेफर हुने क्रम बढेको छ । मुख्यतः अहिलेसम्म पनि एमबीबीएस, नर्सिङलगायतका कार्यक्रम अघि बढ्न सकेका छैनन् ।

आजको राजधानी दैनिकमा प्रशान्त वलीले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: