दैलेखमा मगाइएकै थिएन गाई « Nagarik Khabar

दैलेखमा मगाइएकै थिएन गाई



काठमाडौं । सुर्खेतमा भीरबाट खसालिएका गाई दैलेखमा कसैले पनि नमगाएको खुलेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले छाडा चौपाया दैलेखका स्थानीयले मगाएको भन्दै नियनन्त्रणमा लिएर बिहीबार त्यसतर्फ पठाएको थियो ।

नेपालगन्ज उपमहानगरले ती गाईगोरु दैलेखको धार्मिक स्थल श्रीस्थान मन्दिर क्षेत्रमा लैजान बाँके प्रशासनसँग अनुमति लिएको थियो ।

प्रशासनको त्यही अनुमतिपत्रका आधारमा गाईगोरु वीरेन्द्रनगरसम्म ल्याइएको थियो ।

आजको अन्नपूर्ण पोष्ट दैनिकले यो समाचार ललितबहादुर बुढाहिक्मतबहादुर नेपालीको बाइलाइनमा प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: