राजनीतिक भ्रष्टाचारका कारण ‘घरमाथि चिल घुमे’ « Nagarik Khabar

राजनीतिक भ्रष्टाचारका कारण ‘घरमाथि चिल घुमे’



काठमाडौं । विवाहको आवरणमा नेपाली युवती चीनमा तस्करी गरिए भनेर प्रहरीले केही अभियुक्तलाई पक्राउ गरेर कारबाही चलाउनु प्रशंसनीय कार्य भए पनि यसको स्रोतका रूपमा रहेको राजनीतिक भ्रष्टाचार नियन्त्रित नभएसम्म समस्या समाधान नहुने विज्ञहरूको धारणा छ ।

‘आँगनमा सिनो राख्ने, घरमाथि चिल घुमे भनेर गोली पड्काउने कार्यले समस्याको दीर्घकालीन समाधान हुँदैन, यो सिनो भनेको राजनीतिक वा नीतिगत भ्रष्टाचार हो, यसलाई हटाउनुपर्छ’, वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल प्रश्न गर्छन्, ‘उमेर पुगेका ती युवतीले हामी आफ्नै मनखुसीले विवाह बन्धनमा बाँधिएका हौं भनेर दाबी गरे भने प्रहरीले कसरी प्रतिवाद गर्छ ?’

‘हामी संस्कारगतरूपमै विचलित भइरहेका छौं, केटाकेटीदेखि नै जसरी पनि कमाउनुपर्छ, जो कमाउँछ उही ठूलो मान्छे हो भनेर पढ्यौं, नयाँ पुस्तालाई पनि त्यही सिकाइरहेका छौं’, वरिष्ठ अधिवक्ता अर्याल भन्छन्, ‘कमाउनका लागि जानीजानी देहव्यापारमा लागेका, यौन दासता स्वीकार गरेर बाहिरिएका र ज्यानकै जोखिम मोलेर धनी मुलुकमा प्रवेश गरेका नेपालीको समूह सानो छैन ।’

नेपाल समाचारपत्र दैनिकमा कपिल काफ्लेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: