सचिव सरुवा जहाँ पनि विशिष्टीकरणको मर्मविपरित « Nagarik Khabar

सचिव सरुवा जहाँ पनि विशिष्टीकरणको मर्मविपरित



काठमाडौं । मन्त्रालयको प्रमुख प्रशासनिक नेतृत्वका रूपमा रहेका सचिव सरुवासम्बन्धी प्रावधानलाई खुकुलो बनाइने भएको छ ।

यसअघिको सचिव सरुवाको समूहीकरण (क्लस्टर) हटाउने व्यवस्थासहितको नयाँ कानुन ल्याउन लागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सचिव सरुवामा क्लस्टर हटाउनु विशिष्टीकरणको मर्म्विपरीत हुने र यसले प्रशासनलाई अझै बढी कमजोर र अस्थिर बनाउने प्रशासनविद्ले बताएका छन् ।

यो व्यवस्था लागू भएमा एक सेवा समूहका सचिव अर्को सेवा समूहमा समेत सरुवा हुनेछन् भने प्रशासन सेवाका सचिव इन्जिनियरिङमा तथा इन्जिनियरिङका वन तथा प्रशासन सेवामा समेत सरुवा हुने अवस्था आउने बताइएको छ ।

संसद्को सुशासन तथा राज्य व्यवस्था समितिले टुंगो लगाएको संघीय निजामती सेवासम्बन्धी विधेयकमा सचिव सरुवाको क्लस्टरलाई हटाउने व्यवस्था गरिएको हो ।

हालको निजामती सेवा ऐनमा विशिष्टीकरणको आधारमा ६ वटा क्लस्टर बनाई सोही क्लस्टरमा मात्रै सचिव सरुवा गर्ने प्रावधान थियो ।

आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: