युरोपमा रोजगारी खोज्दै सरकार « Nagarik Khabar

युरोपमा रोजगारी खोज्दै सरकार



काठमाडौं । सरकारले युरोपेली मुलुकमा रोजगारीको अवसर खोज्ने भएको छ ।

मलेसिया तथा खाडी मुलुकमा मात्र केन्द्रित भएको वैदेसिक रोजगारलाई प्रतिफलमुखी बनाउन सरकारले युरोपेली मुलुकमा रोजगारी खोज्ने तयारी गरेको हो ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जाने कामदारमध्ये ८० प्रतिशतभन्दा बढी मलेसिया र खाडी मुलुकमा जाने गरेका छन् ।

खाडी मुलुक तथा तथा मलेसियामा कामदारको उचित पारिश्रमिक नहुँदा कामदारको संख्याको अनुपातमा रेमिट्यान्स निकै कम आउने गरेको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकले तुलसी सुवेदीको बाइलाइनमा यो समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: