के सञ्जय दत्त राजनीतिमा लाग्दैछन् ? « Nagarik Khabar

के सञ्जय दत्त राजनीतिमा लाग्दैछन् ?



मुम्बई । कलाकारहरु पछि गएर राजनीतिमा प्रवेश गर्नु कुनै नयाँ कुरा होइन । कलाकारिता क्षेत्रमा सफल धेरै व्यक्ति राजनीतिमा प्रवेश गरेका छन् । राजनीतिमा गइसकेपछि कतिलाई जनताले पत्याउँछन् कतिलाई पत्याउँदैनन् ।

यसैबीच, बलिउड अभिनेता सन्जय दत्त राजनीतिमा आउने दाबी भारतको महाराष्ट्र राज्यका एक मन्त्रीले गरेका छन् ।

महाराष्ट्रका मन्त्री महादेव जानकरले यस्तो दाबी गरेका हुन्। जानकर राष्ट्रिय समाज पार्टीका अध्यक्ष हुन् ।

उनले अभिनेता दत्तले केही दिन अघि उनको पार्टी प्रवेश गर्ने दाबी गरेका हुन् । हालै सो पार्टीको वर्षगाँठमा संजयले एक भिडियो जारी गर्दै जानकर र उनको पार्टीलाई बधाई सन्देश दिएका थिए ।

भिडियोमा सञ्जयले पार्टीलाई बधाई दिदैँ सफलताको शुभकामना व्यक्त गरेका थिए । भिडियोमा उनले मनाकर आफ्नो मित्र भएको बताएका थिए।

सन् १९९२ को बम विस्फोटमा उनलाई एके ४७ राखेकोमा दोषी पाइएको थियो र उनलाई कैद सजाय भएको थियो । सञ्जयकी बहिनी प्रिया दत्त पछिल्लो चुनावमा कांग्रेसबाट प्रत्यासी बनेकी थिइन् ।

सो चुनाबमा उनले आफ्नो बहिनीको पक्षमा प्रचार गरेका थिए । यसअघि सञ्जय समाजवादी पार्टीको महासचिव रहिसकेका छन् ।

महासचिव भएपनि उनको लखनउ लोकसभामा चुनाव लड्ने सपना भने पूरा हुन सकेको थिएन । सञ्जयका बाबु सुनिल दत्त कांग्रेसका ठूला नेता थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: