अमेरिकामा बन्दैछन् यस्ता घर जसमा प्राकृतिक विपत्तिको असर पर्दैन « Nagarik Khabar

अमेरिकामा बन्दैछन् यस्ता घर जसमा प्राकृतिक विपत्तिको असर पर्दैन



एजेन्सी । अमेरिकास्थित सिएटल सहरमा एक कम्पनीले यस्तो घर बनाइरहेको छ जसमा आगो, पानी, आँधी, भूकम्प जस्ता प्राकृतिक विपत्तिले असर नपार्ने कम्पनीले दावी गरेको छ ।

जियोसिप कम्पनीले निर्माण गरिरहेको उक्र घर वातावरणमैत्री (इको फ्रेन्डली) पनि रहेको बताइएको छ । ईन्जिनियर मोर्गन बायर्सचेकले यो पद्दतीको विकास गरेको बताइएको छ ।

यो घर बायोसेरामिकको प्रयोग गरी बनाइने बताइएको छ । जुन यति दर्बिलो हुन्छ कि तीव्र हावाको असर पनि यसमा पर्दैन, भूकम्पबाट पनि सुरक्षित हुन्छ र १४८२ डिग्री सेल्सियस सम्मको तापक्रम सहने क्षमता हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: