एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिक पक्राउ « Nagarik Khabar

एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिक पक्राउ



काठमाडौं । एटीएमबाट अनधिकृत रूपमा रकम निकाल्ने पाँच जनाको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै चिनियाँ नागरिक हुन् ।

मध्यराति दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । उनीहरूको परिचय भने खुलाइएको छैन । आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गर्ने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: