गुरुङ फिल्मको नेतृत्वमा भोजबहादुर « Nagarik Khabar

गुरुङ फिल्मको नेतृत्वमा भोजबहादुर



पोखरा । गुरुङ फिल्मकर्मीहरुको साझा संस्था गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान)को अध्यक्षमा भोजबहादुर गुरुङ चयन भएका छन् ।

पोखरामा शनिवार सम्पन्न जिफानको छैटौं महाधिवेशनले बिगत साढे दुई दशक अघिबाट गुरुङ चलचित्र मार्फत समुदाय र राष्ट्रलाई योगदान दिइरहेका मुनाल फिल्म प्रालिका सन्चालक, चलचित्र निर्देशक, जिफानका निबर्तमान प्रथम उपाध्यक्ष भोजबहादुर गुरुङको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत गठन गरेको हो ।

कास्की, काठमाडौं, लमजुङ, तनहुँ, स्याङ्जा, रुपन्देही लगायतमा जिल्ला शाखा, हङकङ, जापान लगायतमा प्रवास शाखा रहेको जिफानको केन्द्रियको प्रथम उपाध्यक्षमा गुन्जबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा रेशम गुरुङ, महासचिवमा मनोज गुरुङ, सचिवमा तोल बहादुर गुरुङ (लब्सन) चयन भएका छन् ।

आर्थिक विभाग प्रमुखमा अर्जुन गुरुङ, प्रचारप्रसार विभाग प्रमुखमा रमेश गुरुङ, महिला बिभाग प्रमुखमा ईन्द्रमाया गुरुङ, संघसंस्था बिभाग प्रमुखमा गल गुरुङ, निर्माता निर्देशक विभागको जिम्मेवारी सोम गुरुङ, प्राविधिक विभागमा सन्तोष कोन्मे, भाषा तथा संस्कृति विभागको संयोजक गम बहादुर गुरुङ र गीत संगीत विभागमा राज बहादुर गुरुङ चयन भएका छन् ।

जिफानको सदस्यहरुमा तारा कुमारी गुरुङ, मोहनमाया गुरुङ, आइतराम गुरुङ र बिश्वात्म गुरुङ चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: