गोपनियता उल्लंघनको मामलामा युट्युबलाई २० करोड डलर जरिवाना « Nagarik Khabar

गोपनियता उल्लंघनको मामलामा युट्युबलाई २० करोड डलर जरिवाना



एजेन्सी । गोपनियता उल्लंघन गरेको मामलामा गुगलको स्वामित्वमा रहेको यूट्युबले अमेरिकामा भारी मात्रमा जरिवाना तिर्नुपर्ने भएको छ ।

अमेरिकाको नियामक निकायले यूट्युबमाथि २० करोड अमेरिकी डलर जरिवाना लगाएको छ । बालबालिकाको गोपनीयता उल्लंघन गरिएको भन्दै यो जरिवाना लगाइएको हो ।

युट्युबमाथि लगाइएको यो जरिवाना रकम बालबालिकाको गोपनीयता उल्लंघनको मामिलामा हालसम्मकै सबैभन्दा बढी भएको बताइएको छ ।

अमेरिकी उपभोक्ता सुरक्षा एजेन्सी फेडरल ट्रेड कमिसन (एफटिसी)ले यूट्युबमाथि लागेको आरोपउपर सुनुवाइ गर्दै यो जरिवाना लगाएको हो । यद्यपी यसमा अमेरिकी न्यय विभागको लालमोहर लाग्न बाँकी रहेको बताइएको छ ।

समाचारमा जनाइएअनुसार बालबालिकाको गोपनियता उल्लंघन गरेको मामलामा २० समूहले एफटिसीमा यूट्युबमाथि उजुरी गरेका थिए । भिडियो प्लेटफर्म यूट्युबले बालबालिकाको निजी जानकारी लिएर लाभ उठाएको उनीहरुको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: