सुर्खेत गाईकाण्डका दोषीलाई कारबाही गर्नुपर्छ : प्रचण्डको सचिवालय « Nagarik Khabar

सुर्खेत गाईकाण्डका दोषीलाई कारबाही गर्नुपर्छ : प्रचण्डको सचिवालय



काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा गाईको सामुहिक हत्याको घटनामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले चासो व्यक्त गरेको छ ।

प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले आज सामाजिक सञ्जाल फेसबुक मार्फत गाईकाण्डका दोषीलाई कारबाहीको माग गरेकी छन् ।

गाईकाण्डको निष्पक्ष छानबिन गरेर दोषी उपर कारबाही गर्नुपर्नेमा अध्यक्ष प्रचण्डको सचिवालयले जोड दिएको छ ।

सडक सुरक्षा, चौपाया संरक्षण र व्यवस्थापनका सम्बन्धमा सम्बन्धित निकायले आवश्यक काम अगाडि बढाउनु पर्नेमा दाहालले जोड दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: