‘काम नगर्ने ठेकेदारका दिन समाप्त’ « Nagarik Khabar

‘काम नगर्ने ठेकेदारका दिन समाप्त’



स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री भुमि पद्मा्कुमारी अर्यालले विकासका बाधकलाई सरकारले निस्तेज पार्ने भन्दै गुण्डागर्दी गर्दै हिड्ने विकासका बाधकलाई हटाईने चेतावनी दिएकी छिन् ।

काम नगर्ने ठेकेदारका दिन समाप्त भएको मन्त्री अर्यालले बताइन् ।

ुसम्झौता गरेर काम नगर्ने, हौल्ड गर्ने, समयमै नसक्ने ठेकेदार कालो सूचीमा पर्छन् सरकारले सार्वजानिक खरिद ऐन संशोधन गर्दै नयाँ गति र नीतिका साथ अगाडि बढेको छु, मन्त्री अर्यालले भनिन् ।

काम नगर्ने ठेकेदारको दिन समाप्त भएको भन्दै मन्त्री अर्यालले विकासका लागी जनप्रतिनिधि साझा भएको समेत बताइन् ।

उपकार बचत तथा क्रृण सहकारी संस्था वालिङले स्याङ्जाको वालिङमा आयोजना गरेको चौथो खुल्ला तीज गीत प्रतियोगिताको चापाकोट ८ दामाचौरमा सम्बोधन गर्दै मन्त्री अयालले सरकार जनताको सकरात्मक सुझाव र सल्लाहकै आधारमा अगाडि बढ्ने भन्दै हल्लाको पछि नलाग्न आग्रह गरिन् ।

सरकारले सिद्धार्थ राजमार्गलाई छोटो र फराकिलो बनाउने भन्दै बुटवल पोखराको बाटो २ घण्टामा छोट्याईने योजनाका साथ अगाडि बढेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: