अलैँची गोडेर फर्कँदा पहिरोमा परी एकजनाको मृत्यु « Nagarik Khabar

अलैँची गोडेर फर्कँदा पहिरोमा परी एकजनाको मृत्यु



भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङमा आएको पहिरोमा परी एकजनाको मृत्यु भएको छ ।

शनिबार साँझ अलैँची गोडेर घर फर्कंने क्रममा बाटोमा झरेको पहिरोले किच्दा स्थानीय ५९ वर्षीय मानबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले किच्दा उनको हात, खुट्टा र टाउकामा चोट लागेको र स्वास्थ्यकर्मी पुग्न नपाउँदै राति नै मृत्यु भएको उक्त प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए ।

‘शनिबार साँझ पहिरो परेर उहाँ घाइते हुनुभएको थियो, त्यो ठाउँ विकट रहेकाले दोभाने भन्ने स्थानबाट स्वास्थ्यमर्की पठाउने तयारी गर्दागर्दै मृत्यु भएको भन्ने जानकारी आएको थियो,’ उनले भने ।

सोही पहिरोमा परी भाग्ने क्रममा अर्जुन कार्की, धर्मराज विष्ट र प्रसाद राई सामान्य घाइते भएका थिए । मृतक विष्टको शवपरीक्षणका लागि संखुवासभाको खाँदबारी लगिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: